लुम्बिनी प्रदेशको बजेट खर्च कमजोर
शनिबार, असार ६, २०८३
कक्षा १२ को नतिजामा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण
शनिबार, असार ६, २०८३
कक्षा १२ को परीक्षामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी उत्र्तीण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी उत्र्तीण भएका हुन् ।
आज विश्व शरणार्थी दिवस मनाइँदै
शनिबार, असार ६, २०८३
आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । प्रत्येक वर्ष जुन २० मा मनाइने यो दिवस युद्ध, हिंसा, उत्पीडन, मानवअधिकार उल्लंघन तथा प्राकृतिक विपत्तिका कारण आफ्नो घरबार छाड्न बाध्य भएका शरणार्थीहरूको साहस, संघर्ष र योगदानको सम्मान गर्न समर्पित छ ।
शरणार्थी दिवसको सार्थकता
शनिबार, असार ६, २०८३
आज नेपालसहित विश्वभर विश्व शरणार्थी दिवस मनाइँदै छ । हरेक वर्ष जुन २० का दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको हो । सन् १९५१ मा पहिलोपटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।
एक महिनामा दुई हजार नागरिकता प्रदान
शुक्रबार, असार ५, २०८३
दाङ जिल्ला प्रशासन कार्यालयबाट गएको एक महिनामा दुई हजारभन्दा बढीले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । प्रशासकीय अधिकृत विजय गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जेठ महिनामा दुई हजार ६४६ जनालाई नागरिकता प्रदान गरिएको हो ।
उजुरीपछि अख्तियारको छापा
शुक्रबार, असार ५, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनका सम्बन्धमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
लोप हुँदै थारु समुदायको ‘ढकिया’
शुक्रबार, असार ५, २०८३
थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताए ।
कालीगण्डकीमा डुवेर बेपत्ता भएका एकको शव फेला
शुक्रबार, असार ५, २०८३
बगनासकाली गाउँपालिका ६ मन्द्राङ स्थित कालिगण्डकी नदिमा बेपत्ता भएका शिखरडाडाँका १४ वर्षीय शिशिर गाहाको शव फेला परेको छ । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका उनको शव शुक्रबार फेला परेको हो ।
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
शुक्रबार, असार ५, २०८३
जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका १८२ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा विभिन्न अपराधमा संलग्न २४३ जना प्रतिवादी पक्राउ परेका छन् ।
द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
शुक्रबार, असार ५, २०८३
आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो ।
द्वन्द्वमा यौन हिंसा उन्मूलन दिवसको सन्दर्भ
शुक्रबार, असार ५, २०८३
द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । हरेक वर्ष जुन १९ मा यो दिवस मनाउने गरिन्छ ।


