अब सहकारीहरु प्रविधिमैत्री बन्नुपर्छ : अध्यक्ष पाण्डेय
शुक्रबार, माघ ५, २०८०
पेट्रोलियम पदार्थको मूल्य घट्यो
मंगलबार, माघ २, २०८०
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबारदेखि पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको हो ।
नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा तानसेनमा
सोमबार, माघ १, २०८०
डेरी व्यवसायीहरुको छाता संगठन नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा पाल्पाको तानसेनमा भएको छ ।
रानीमहल सहकारीको १५ औं साधारण सभा, १५ करोड बढीको आयव्यय सार्वजनिक
शनिबार, पुस २८, २०८०
रानीमहल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभा गरेको छ । संस्थाले शनिबार तानसेनमा १५ औं साधारण सभा गरेको हो ।
सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने
बुधबार, पुस २५, २०८०
कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री सुरु
बुधबार, पुस २५, २०८०
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेकोे छ । उक्त चामल बिक्री कार्यक्रम शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सन् २०३० सम्म दिगो विकास लक्ष्यअनुरुप पौष्टिकतत्व स्तरोन्नति गरिएको चामलमा सबै नेपालीको पहुँच पुग्ने बताए ।
ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध
मंगलबार, पुस २४, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
‘सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ’
मंगलबार, पुस २४, २०८०
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ पाल्पाको ११ औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले सहकारीमार्फत कृषकले उत्पादन गरेका कृषि उपजलाई निर्वाहमुखीभन्दा पनि आधुनिकीकरण र यान्त्रिकीकरण गरी बजारीकरण गर्न जोड दिएका हुन् ।
सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन
सोमबार, पुस २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् ।
कुसुम सहकारीको दोस्रो साधारण सभा
आइतबार, पुस २२, २०८०
पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो साधारण सभा गरेको छ । सहकारीले तानसेनमा एक समारोहकाबिच साधारण सभा गरेको हो ।
मुक्तिनाथ सहकारीको दशौं साधारण सभा
आइतबार, पुस २२, २०८०
मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाले १० औं वार्षिक साधारण सभा गरेको छ । साधारणसभाको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष एवं संस्थाका शेयर सदस्य शैलेन्द्र भट्टराई उद्घाटन गरेका हुन् ।
मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन
शनिबार, पुस २१, २०८०
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत एक करोड बढी भेटी संकलन भएको छ । मन्दिरमा राखिएका दानपेटिकाबाट एक करोड छ लाख ४० हजार भेटी संकलन भएको हो ।
सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गरौं ः अध्यक्ष ढकाल
शुक्रबार, पुस २०, २०८०
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गर्नु पर्ने बताएका छन् ।


