ग्लोबल बैंकले भन्यो ‘अनधिकृत फोनलाई वास्ता नगर्नु’
आइतबार, चैत ४, २०८०
कलेजो रोगबाट पीडित रानाद्वारा सहयोगको याचना
आइतबार, चैत ४, २०८०
कलेजो रोगबाट पीडित माथागढी गाउँपालिका वडा ७, रहवासका ३० वर्षीय फानबहादुर रानाले सबैसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि रोगले थलिएका रानाले कलेजो प्रत्यारोपण गर्न आर्थिक सहायता मागेका हुन् ।
सडकमा मकै पोल्ने र सालको पात बेच्नेलाई स्थानीय सरकारको सहयोग
आइतबार, चैत ४, २०८०
अधिकांस स्थानीय सरकारको ध्यान सडक र पूर्वाधार निर्माणमा मात्र केन्द्रीत हुने गरेको छ । साझाँ विहान हात जोड्न धौं धौं हुनेहरुका लागि सडक र पूर्वधार निर्माणले कुनै अर्थ राख्दैन । गरिब, विपन्न र असहायहरुको समेत अभिभावक बन्नुपर्ने स्थानीय सरकारहरु सडक र भवन निर्माणमै तछाडमछाड गरिएरहेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
शनिबार, चैत ३, २०८०
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो ।
संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाइने
शुक्रबार, चैत २, २०८०
वन तथा वातारण मन्त्रालयले संरक्षित क्षेत्रहरूमा बाह्य पर्यटक वृद्धि गर्ने रणनीति लिएको छ । संरक्षित क्षेत्रलाई आकर्षक बनाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ बाह्य पर्यटक बढाउने लक्ष्य लिइएको हो ।
उपभोक्ता सधैँ मारमा
शुक्रबार, चैत २, २०८०
उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेका छन् । बजार अनुगमनदेखि जरिवानासम्मको अधिकार पाएका स्थानीय तहले अनुगमन नगर्दा जिल्लाका बजारदेखि ग्रामीण भेगका उपभोक्ता मारमा पर्ने गरेका हुन् ।
पाल्पा विकासको मेरुदण्ड नै पर्यटन विकास हो : सभामुख घर्तीमगर
बिहीबार, चैत १, २०८०
तानसेन नगरपालिकाको आयोजनामा तानसेनको टँुडिखेलमा भएको प्रथम तानसेन महोत्सव २०८० सकिएको छ । फागुन १९ गते देखी शुरु भएको महोत्सव चैत्र १ गते सम्म १३ दिन सञ्चालन भई सकिएको हो ।
बैंकहरुले घटाए निक्षेपमा ब्याजदर
बिहीबार, चैत १, २०८०
चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंकहरुले आजदेखि लागु हुने गरी निक्षेपको ब्याज घटाएका हुन् ।
तानसेन महोत्सवमा विभिन्न विद्याहरुमा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत
बुधबार, फागुन ३०, २०८०
तानसेनको टुँडिखेलमा जारी प्रथम तानसेन महोत्सवमा स्थानीय कला संस्कृति तथा कृषि प्रदर्शनी लगायत विभिन्न विद्यामा उत्कृष्ट भएका व्यक्ति/संघ संस्था तथा विद्यालयहरुलाई प्रमाणपत्र सहित नगद रकमबाट पुरस्कृत गरिएको छ ।
सुन र चाँदीको मूल्य घट्यो
बुधबार, फागुन ३०, २०८०
पछिल्लो केही दिन यता नेपाली बजारमा निरन्तर बढीरहेको सुनको भाउ मंगलबार भने घटेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार घटेर प्रतितोला एक लाख २५ हजार कायम भएको छ ।
गुल्मीको धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक
बुधबार, फागुन ३०, २०८०
जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलो पटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् ।
सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला
मंगलबार, फागुन २९, २०८०
ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् ।
तानसेन महोत्सवको आकर्षण : ठेका, डोका, डाला र बोका
सोमबार, फागुन २८, २०८०
आजकल परम्परागत बाँसका डोका, डाला, दुध दही जमाउने, गिठीका ठेका ठेकी, माटाका भाडाँकुडाँ, हराउदै गएका छन् ।


