रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा
मंगलबार, भदौ २४, २०८२
खानेपानीमन्त्रीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् । रासससँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए ।
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
रुपन्देहीमा निषेधाज्ञा जारी
मंगलबार, भदौ २४, २०८२
रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
आज बीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
मंगलबार, भदौ २४, २०८२
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपाली काँग्रेस, पार्टीका भातृृ संस्था÷शुभेच्छुक संस्थाहरुले कोइरालाको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागेका हुन् ।
सुरू भयो सोह्रश्राद्ध
मंगलबार, भदौ २४, २०८२
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष सोमबारदेखि सुरू भएको छ । सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको...
जेन–जीको प्रदर्शन : प्रहरीको गोली लागेर १३ जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको हो ।
चल्न थाल्यो फेसबुक
सोमबार, भदौ २३, २०८२
सरकारले बन्द गरेको सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको प्रयोगकर्ताले बताएका छन् ।
जेन–जी प्रदर्शन : गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते
सोमबार, भदौ २३, २०८२
बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण
सोमबार, भदौ २३, २०८२
साहित्यकार राजेन्द्र गोपाल सिंहको बन्न नसकेका कविताहरुको कविता संग्रह लोकार्पण गरिएको छ । पाल्पा साहित्य समाजले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कविता संग्रहको लोकार्पण गरेको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै
सोमबार, भदौ २३, २०८२
आज ५९ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
आज विश्व फिजियोथेरापी दिवस
सोमबार, भदौ २३, २०८२
आज सेप्टेम्बर ८ तारिक, विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर विश्वभर फिजियोथेरापी दिवस मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै आइएको छ ।
आज निजामती सेवा दिवस मनाइँदै
आइतबार, भदौ २२, २०८२
आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ । तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विसं २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । २०६० सालदेखि यस दिवस नियमित मनाउन...


