Shittalpati
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै 
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै  अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपाल सहित विश्वभर मनाइँदै । उड्ययन सम्बन्धी विभिन्न कार्यक्रम गरी आज दिवस मनाउन लागिएको हो ।
विश्व माटो दिवस मनाइँदै
विश्व माटो दिवस मनाइँदै आज नेपालसहित विश्वभर विश्व माटो दिवस  मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।
बेथलमा एनसीसी जुनियर डिभिजनको विशेष तालिम सकियो
बेथलमा एनसीसी जुनियर डिभिजनको विशेष तालिम सकियो तानसेनमा रहेको बेथल इङ्लिस बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजनको विशेष तालिम सकिएको छ । ७९ दिनसम्म सञ्चालन भएको एनसीसी ५१ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।
आज उधौली पर्व र योमरी पुन्ही मनाइँदै
आज उधौली पर्व र योमरी पुन्ही मनाइँदै आज उधौली पर्व र योमरी पुन्ही देशभर मनाइँदै छ । विशेषगरी मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
    सातै प्रदेशका चरा संरक्षणकर्मीहरु तानसेनमा  
    सातै प्रदेशका चरा संरक्षणकर्मीहरु तानसेनमा   पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा , खैरेनी सामुदायिक वन रामपुर पाल्पाको आयोजना र नेपाल पंक्षी संरक्षण संघको सहयोगमा चरा संरक्षणका लागि नेपाल पंक्षी संरक्षण सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठी भएको हो । 
उद्बुद्ध माविले मनायो ७५ औं वार्षिक उत्सव
उद्बुद्ध माविले मनायो ७५ औं वार्षिक उत्सव जिल्लाको पूर्वखोला गाउँपालिकाको रिङनेरहमा रहेको उद्बुद्ध माध्यमिक विद्यालयले  ७५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरी  वार्षिक उत्सव मनाएको हो ।
अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएकाहरुलाई सकस
अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएकाहरुलाई सकस जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ । अधिकांश पालिकाका कार्यालयमा अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपाङ्गता भएकाको दुखेसो छ ।
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय दासता उनमुलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ ।
विश्व एड्स दिवस, चेतनामुलक कार्यक्रम गरी मनाइँदै
विश्व एड्स दिवस, चेतनामुलक कार्यक्रम गरी मनाइँदै आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइदैछ । एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।
पाल्पामा पनि मनाइयो ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस  
पाल्पामा पनि मनाइयो ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस   पाल्पामा पनि ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले अन्तक्र्रिया र पाल्पा  अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाएको हो ।
बझाङमा ४.४ रेक्टरस्केलको भूकम्प
बझाङमा ४.४ रेक्टरस्केलको भूकम्प आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 
Weather Update