पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार
बिहीबार, कात्तिक २३, २०८०
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला
बुधबार, कात्तिक २२, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ ।
भूकम्पको निसानामा जाजरकोट
मंगलबार, कात्तिक २१, २०८०
२०७२ सालको शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना–ठूला परकम्प गइरहेका छन् । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार फेरी भूकम्प गएको छ । अपराह्न चार बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।
अस्ताए पाल्पाका शैक्षिक, सामाजिक क्षेत्रका धरोहर केसी
आइतबार, कात्तिक १९, २०८०
पाल्पाको शैक्षिक, सामाजिक क्षेत्रका धरोहर मीनबहादुर केसीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी केसीको उपचारकै क्रममा घरमै निधन भएको हो ।
तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास
आइतबार, कात्तिक १९, २०८०
बुद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व तीन महिने वर्षाबास सकिएको छ । तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि तानसेनमा ‘कठिन चीवर दान’ उत्सवको आयोजना गरी वर्षाबासको समापन गरिएको हो ।
इतिहास बन्दै ढिकी–जाँतो
बिहीबार, कात्तिक १६, २०८०
गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो अहिले भने लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।
काँग्रेसले सरकारका अपजसको भारी बोक्दैन : महर
मंगलबार, कात्तिक १४, २०८०
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अपजसको भारी काँग्रेसले नबोक्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस तानसेन नगरपालिकाले पाल्पाको तानसेनमा आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महरले वर्तमान सरकारका कुनै पनि अयोग्य र अपजसका कामको भारी नबोक्ने बताएका हुन् ।
गाउँघरमा देखिन छाडे पिङ
सोमबार, कात्तिक १३, २०८०
दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ, तर चाडपर्वको रौनक बढाउने लिंगे पिङ पछिल्लो समय विस्तारै हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं–तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । केही समय अघिसम्म दसैंको नवदुर्गा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो ।
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती
शुक्रबार, कात्तिक ३, २०८०
दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाए । बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपर्यो ।
दसैँको मुखमा छोइनसक्नु महँगी
बुधबार, कात्तिक १, २०८०
दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ताको मूल्य अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।
टुकी बाल्ने गाउँमा बिजुली !
सोमबार, असोज २९, २०८०
१५ वर्ष अघि पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेका केही गाउँमा बिजुली ल्याउने चर्चा चल्यो, तर विजुली ल्याउने कुरा गर्दा कसैले पत्याउँदैन्थ्ये । स्थानीयको प्रश्न हुन्थ्यो, ‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन् ।
समृद्धिको यात्रामा फड्को मार्दै लक्ष्मी सहकारी
आइतबार, असोज २८, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २१ वर्षे यात्रामा समृद्धिको फड्को मारेको छ । बचत गर्ने बानी बसाल्ने सोंचका साथ स्थापित यस सहकारीले आफुलाई समृद्धिको दिशामा अब्वल बनाउँदै लगेको हो ।
पाल्पामा चाइनिज कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर प्लान्ट
बिहीबार, असोज २५, २०८०
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापमा मनपरी रुपमा क्रसर प्लान्ट सञ्चालनमा ल्याउन लागेको छ । सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले मापदण्ड विपरीत क्रसर र रेडिमिक्स प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो ।


