दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत
मंगलबार, चैत १२, २०८१

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु
मंगलबार, चैत १२, २०८१
कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सोमबार, चैत ११, २०८१
बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो ।

अनिशलाई तेश्रो लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि
आइतबार, चैत १०, २०८१
लुम्बिनीमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिश थापा मगरले हात पारेका छन् । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा शबिार भएके म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन् । मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे ।

नारायणघाट– बुटवल सडक : पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
आइतबार, चैत १०, २०८१
चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ ।

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे
शुक्रबार, चैत ८, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन् । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तरर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनी बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र मात्रै नभइ विश्वभरका शान्तिप्रिय नागरिकको पवित्रस्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको...

तस्करी विरुद्ध राजस्व अनुसन्धान कार्यालयको कारबाही
शुक्रबार, चैत ८, २०८१
राजस्व अनुसन्धान कार्यालय, बुटवलले खाद्यान्न तस्करी गरी ओसारपसार गर्ने विरुद्ध कारबाही सुरु गरेको छ । तस्करी हुने मुख्य खाद्य वस्तुमा मटर, चिनी, काजु बदाम, गहुँ, तोरीलगायत रहेको कार्यालयले जनाएको छ ।

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत ८, २०८१
सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।

लुम्बिनीको प्रचारप्रसार गर्न नगरप्रमुखहरु अमेरिकामा
बिहीबार, चैत ७, २०८१
लुम्बिनी क्षेत्रको प्रचार–प्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।

अलपत्र करोडौँका सरकारी गाडी
बिहीबार, चैत ७, २०८१
गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी अलपत्र परेका छन् । जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, वन कार्यालय, गुल्मी अस्पताललगायतका कार्यलयमा सरकारी सवारी साधन अलपत्र अवस्थामा रहेका हुन् ।

आँखाको ज्योति फर्किंदा पाल्पाका ज्येष्ठ नागरिक उत्साहित
मंगलबार, चैत ५, २०८१
आँखामा मोतियाबिन्दुले ढपक्कै ढाकेपछि नातिनातिनाको सहयोगमा भित्रबाहिर गर्दै आएकी पाल्पाको बगनासकाली गाउँपालिका चिर्तुङ्गधाराकी लक्ष्मी ढुङ्गानाको शल्यक्रियापश्चात् ज्योति फर्किएपछि खुसी भएकी छिन् ।

अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती
आइतबार, चैत ३, २०८१
पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् ।