बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय
मंगलबार, असोज ८, २०८१
दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
मंगलबार, असोज ८, २०८१
यहाँ सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्टटे डिङ कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
मंगलबार, असोज ८, २०८१
गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो ।
सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा
मंगलबार, असोज ८, २०८१
तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ । सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसिडिएफ कक्षाको २४ महिने कार्यक्रम सुरु गर्न लागिएको हो ।
नेप्से परिसूचक ५९ अङ्कले घट्यो
सोमबार, असोज ७, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
सोमबार, असोज ७, २०८१
सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ ।
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो
आइतबार, असोज ६, २०८१
यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो ।
व्यवसायी दुर्गा प्रसाई पक्राउ
आइतबार, असोज ६, २०८१
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो ।
आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन
आइतबार, असोज ६, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो ।
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
आइतबार, असोज ६, २०८१
घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् ।
लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी
आइतबार, असोज ६, २०८१
लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो ।
चट्याङ लागेर एकको मृत्यु
आइतबार, असोज ६, २०८१
निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको शुुक्रबार राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए ...