Shittalpati
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै आइतबार आठ वर्ष अवधिको रू १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो ।
स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’
स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ स्याङ्जाको वालिङमा नागरिकको स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।
छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही
छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । 
विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता हुन ढिलाइ
विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता हुन ढिलाइ नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्‌मा दर्ता भएको छैन ।
विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्‍बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्‍मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् । 
औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै
औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् ।
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप सुस्तगतिमा विस्तारको काम भएको  गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ । 
‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’
‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे ।
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार
ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित छन् । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्छन् ।
रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु
रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा दुर्घटना भएको हो ।
Weather Update