Shittalpati
एमालेले तीन दिनसम्म शोक मनाउने
एमालेले तीन दिनसम्म शोक मनाउने नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्को निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए...
ठगी गर्ने दुई जना पक्राउ
ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । 
स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
स्क्रब टाइफसबाट एक महिलाको मृत्यु जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
ठगी गर्ने तीन जना पक्राउ
ठगी गर्ने तीन जना पक्राउ वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । 
लुम्बिनी : पहाड र मधेसका दलितलाई मात्रै आरक्षण
लुम्बिनी : पहाड र मधेसका दलितलाई मात्रै आरक्षण लुम्बिनी प्रदेशमा पहाड र मधेस दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ ।
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ ।
प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’
प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’ स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदा रहँदै पनि प्रचार–प्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो ।
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ । 
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् । 
Weather Update