Shittalpati
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । 
मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान
मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् ।
अलैँची बिक्रीबाट २४ करोड आम्दानी
अलैँची बिक्रीबाट २४ करोड आम्दानी अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । 
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।
आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा
आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।
भारतीय तरकारीले बजार पाएपछि नेपाली किसान मर्कामा
भारतीय तरकारीले बजार पाएपछि नेपाली किसान मर्कामा भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ ।
तिहारमा २४ करोड फूलको कारोबार
तिहारमा २४ करोड फूलको कारोबार यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । 
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ ।
प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ
प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु
केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । 
बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला
बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो । 
Weather Update