Shittalpati
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । 
अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर
अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित
अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर  परिवार विस्थापित भएको छ ।
सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पानामा रोग देखिएपछि केरा आयातमा कडाइ
पानामा रोग देखिएपछि केरा आयातमा कडाइ भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा) देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले उच्च सतर्कता अपनाएका हुन् ।
आठ वर्षदेखि सडक निर्माण अलपत्र
आठ वर्षदेखि सडक निर्माण अलपत्र गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक अन्तर्गत तीन किलोमिटर सडक आठ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठजना मनोनित
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठजना मनोनित नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आज आठ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन् ।
अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन
अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ । 
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
गुल्मीमा करिब चार सय किशोरी आमा
गुल्मीमा करिब चार सय किशोरी आमा गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।
कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन
कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्याक्टर समातिएपछि घटना बाहिर आएको हो ।
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताए । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे । 
Weather Update