मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली
बिहीबार, मंसिर २८, २०८०
गण्डकी–लुम्बिनी प्रदेश जोड्ने राम्दीमा ‘सिग्नेचर ब्रिज’
बिहीबार, मंसिर २८, २०८०
गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको हो ।
पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान
बुधबार, मंसिर २७, २०८०
सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी दुई सय १८ बिघा १० कट्टा सात धुर जग्गा (७९३ कित्ता) साहुबाट पीडितलाई फिर्ता...
मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’
बुधबार, मंसिर २७, २०८०
गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न साँस्कृतिक नाच प्रस्तुत गर्छन् ।
एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री
मंगलबार, मंसिर २६, २०८०
स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुई सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको बताए ।
छाला नहुँदा मादल बनाउने पेशा संकटमा
सोमबार, मंसिर २५, २०८०
मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै संकटमा पर्न थालेको छ । मादल लगायत बाजा बनाउन आवश्यक पर्नेे विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै संकटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउँछन् ।
साढे छ किलो सुनसहित विदेशी नागरिक पक्राउ
आइतबार, मंसिर २४, २०८०
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव
आइतबार, मंसिर २४, २०८०
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।
सीमामा भिडन्त हुँदा ६ को मृत्य
शनिबार, मंसिर २३, २०८०
लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ ।
नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र
शुक्रबार, मंसिर २२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।
त्रिभुवन विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।


