कफी खेतीमा गवारोको प्रकोप
शुक्रबार, पुस २७, २०८०

यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो
मंगलबार, पुस २४, २०८०
यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो ।

कृषि उपकरणमा अनुदान
शनिबार, पुस २१, २०८०
व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो ।

१६८ मुरी धान फलाएका बम्जन दम्पती पुरस्कृत
शनिबार, पुस ७, २०८०
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।

किसान आकर्षित नहुँदा मासिदै जौँ खेती
शनिबार, पुस ७, २०८०
रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजा आजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।

मासिक डेढ लाख कमाउँछन् हिरालालले
शनिबार, पुस ७, २०८०
जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् ।

सुन्तलाखेतीमा मास्टरसाब : बर्सेनि पाँच लाख कमाइ
शनिबार, पुस ७, २०८०
धेरै जागिरेहरू अवकाश पछि आराम गर्छन् । तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताउँदासमेत थाकेनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् ।
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण
बुधबार, पुस ४, २०८०
रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।

किसान परिचयपत्र उपलब्ध गराउन माग
बुधबार, पुस ४, २०८०
इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उनीहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।

एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री
मंगलबार, मंसिर २६, २०८०
स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुई सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको बताए ।

गुल्मीमा सुन्तला उत्पादन घट्यो
मंगलबार, मंसिर १९, २०८०
गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।

पाल्पामा खस्कियो माटोको उर्वराशक्ति
मंगलबार, मंसिर १९, २०८०
कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पामा पछिल्लो समय खेतीयोग्य जमिनको उर्वराशक्ति खस्केको छ । माटोमा अम्लीय पदार्थ बढ्दै गएपछि माटोको उर्वराशक्ति खस्केको हो ।

किसानको गुनासो ‘कफीले प्रतिफल दिएन’
शनिबार, मंसिर १६, २०८०
चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको छ ।