बगनासकालीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते
सोमबार, वैशाख १, २०८२
टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता
सोमबार, वैशाख १, २०८२
कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।
रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, वैशाख १, २०८२
जिल्लाको रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । रामपुर नगरपालिका –३ ओईरीघाटस्थित भित्री कच्ची सडक खण्डमा लाम्टाङबाट ओरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो ।
सिद्धाबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते
शनिबार, चैत ३०, २०८१
सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते भएका छन् । आज विहान जिल्लाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सद्धबाबा क्षेत्रमा बुटवलबाट पाल्पा आउँदै गरेको लुम्बिनी प्रदेशको ०१–०० १ ज ०२७६ नम्बरको कारमा सडकमाथिबाट खसेको ढुङ्गासहितको पहिरोले लागेर कारमा सवार एक जना घाइते भएका हुन् ।
रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
मंगलबार, चैत २६, २०८१
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु
शुक्रबार, चैत १५, २०८१
भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुधबार, चैत १३, २०८१
अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
तिनाउको डुम्रे खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु
बुधबार, चैत १३, २०८१
माछा मार्ने क्रममा पाल्पाको तिनाउमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका– ५ चर्चरका लालबहादुर रास्कोटीको १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा माछा मार्ने क्रममा बुधबार दिउँसो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।
गडगडीमा पुल निर्माणको माग
बुधबार, चैत १३, २०८१
स्थानीयवासीले यहाँको कोखेटार र तनहुँको मधुवन जोड्ने कालीगण्डकी नदीमा चाँडो पुल निर्माण गर्नुपर्ने माग गरेका छन् ।
त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु
मंगलबार, चैत १२, २०८१
कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कालीगण्डकी नदीमा भारतीय युुवक मृत भेटिए
आइतबार, चैत १०, २०८१
भारतीय एक युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तर प्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आइतबार मृत फेला परेका हुन् ।
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव
शुक्रबार, फागुन २३, २०८१
शितलपाटी डटकमले ‘सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला’ शिर्षकको समाचार प्रकाशन गरेको केही समयमै कामदारले एक महिनाको पारिश्रमिक पाएका छन् । उनीहरुले समाचार आएको केही घण्टामै आफुहरुको मोवाइलमा एक महिनाको पारिश्रमिकको म्यासेज आएको बताए ।
रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु
बिहीबार, फागुन २२, २०८१
रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु भएको छ । तिलोत्तमा –१ नयाँमिल चोकमा कार र मोटरसाईकल एक आपसमा ठोक्किदा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बस्दै आएका १९ वर्षका रोशन परियारको मृत्यु भएको हो ।


